दफा २२
पदबाट हटाउन सक्ने –
(१) उपकुलपति, शिक्षाध्यक्ष वा रजिष्ट्रारले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेमा वा पद अनुरुपको आचरण नगरेमा वा इमान्दारीपूर्वक आफ्नो कर्तव्य पूरा गरेको छैन भनी सभामा तत्काल कायम रहेका एक चौथाई सदस्यले कुलपति समक्ष लिखित निवेदन दिएमा कुलपतिले सहकुलपतिको अध्यक्षतामा सभाका दुईजना सदस्यहरु रहेको एक छानबिन समिति गठन गर्नेछ ।
(२) उपदफा (१) बमोजिमको छानबिन समितिले उपकुलपति, शिक्षाध्यक्ष वा रजिष्ट्रारले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेको, इमान्दारीपूर्वक काम नगरेको वा आफ्नो कर्तव्य पालन नगरेको सिफारिस गरेमा र सो कुरा सभाको बैठकबाट पारित भएमा कुलपतिले त्यस्तो उपकुलपति, शिक्षाध्यक्ष वा रजिष्ट्रारलाई निजको पदबाट हटाउनेछ ।
(३) उपकुलपति, शिक्षाध्यक्ष वा रजिष्ट्रार बाहेक प्रतिष्ठानका अन्य पदाधिकारीलाई पदबाट हटाउने सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(४) उपदफा (२) वा (३) बमोजिम प्रतिष्ठानका पदाधिकारीलाई पदबाट हटाउनु अघि निज उपर लागेको आरोपको सफाई पेश गर्ने मौका दिनु पर्नेछ ।